Connect with us
Advertisement

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

Published

on

इलामः इलामको देउमाई नगरपालिका–८ आमबोटेका ३३ वर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

आज बिहान साढे ५ बजे राईले सामान्य घरायसी विवादको विषयलाई लिएर आफ्नै श्रीमती २७ वर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको भन्ने खबर पाएपछि प्रहरी चौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ ।

सो स्थानमा जिल्ला प्रहरी कार्यालय इलामबाट अनुसन्धान अधिकृत सहितको टोलीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

केराबारी गाउपालिका वडा नम्बर ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

Published

on

विराटचोकःकेराबारी गाउपालिका वडा नम्बर ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहिबार २०८१ असार १३ गते   हिमचुली बनको भवनमा वडा अध्यक्ष राम चन्द्र शाहीको अध्यक्षतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

सेवाग्राहीका रुपमा आएका सर्वसाधारणहरुप्रति सेवाप्रदायक निकायबाट भए गरेका क्रियाकलाप, वडामा भएका विकास निर्माण, आव २०८०/०८१ मा सञ्चालन भएका याेजनाका बारेमा आम नागरिकलाई जानकारी गराउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएको अध्यक्ष शाहीले बताउनुभयाे । यस्तै सञ्चालन भएका याेजनाका विषयमा उपस्थित नागरिकले चासाे राखेका थिए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, उपभोक्ता समितिका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमकाे सहजीकरण विराट मिडिया एण्ड एडभर्टाइजिङ प्रालिले गरेको थियो ।

Continue Reading

Banner

आज देशका यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ।

कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना  छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको  सम्भावना छ।

Continue Reading

Banner

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्याे विश्वकपकाे उपाधि

Published

on

आइसीसी टी-२० विश्वकपकाे उपाधि भारतले जितेकाे छ। फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि उपाधि जितेकाे हाे।

भारतले दिएकाे १७७ रनकाे लक्ष्य पछ्याएकाे दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेटकाे क्षतिमा १६९ रनमात्र बनाउन सक्याे।

दक्षिण अफ्रिकाका लागि हेइनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए। त्यस्तै क्विन्टन डीककले ३९ रन, ट्रिस्टन स्टबले ३१ र डेबिड मिल्लरले २१ रन बनाए।

भारतका लागि हार्दिक पाण्डेले ३ विकेट लिए। त्यस्तै अर्शदीप र जसप्रित बुमराहले २-२ विकेट र अक्सर पटेलले एक विकेट लिए।

यसअघि बारबाडोजको ब्रिजटाउनस्थित रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियाे।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। ५९ बल खेलेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै अक्सर पटेलले ४७ रन, शिभम दुबेले २५ रन, रोहित शर्माले ९ रन, सूर्यकुमार यादव ३ र रविन्द्र जडेजाले २ रन बनाएर आउट भएका थिए। रिसभ पन्त भने शून्य रनमै आउट भएका थिए। त्यस्तै हार्दिक पाण्डे ५ रनमा अविजित रहे।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक